सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६८ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस अघि आइतबार सुन तोलाको एक लाख ६७ हजार ५०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १९७० रुपैयाँमा कारोबार भइरहेको छ ।