भिक्टोरियामा इ-स्कुटर सवारदाता हरु लाइ थप कडाइ

अष्ट्रेलियाको मेलबर्नमा ई-स्कुटर सवार सयौं प्रयोगकर्ताहरूलाई नियम उल्लङ्घनमा पक्राउ परेका छन् उनिहरुलाई नियम अनुसार कारबाही गरिने भएको छ ।

भर्खरै गरिएको दुई दिने कारवाहीमा प्रहरीले हेल्मेट नलगाउने १३७ र फुटपाथमा सवारी चलाउने ७३ जना गरी झण्डै ३०० सवारी चालकहरुलाई जरिवाना गरेको छ।
एक जनाले मादक पदार्थ सेवन परिक्षण अस्वीकार गरेकोमा अदालत समक्ष उपस्थित गराईएको छ र अरूलाई ट्राफिक उल्लंघनको लागि जरिवाना गरिएको छ।

इ स्कुटर हरु छुट्टै लेनमा ६० किलो मिटर प्रती घन्टा लेखिएको स्थानमा मात्र चलाउन अनुमती रहेको छ भने स्पीड लिमिट भएको स्थानमा प्रती घन्टा २० किलोमीटरका दरले मात्र चलाउने अनुमति दिइएको छ तर यदि कसैले २५ किलोमीटर प्रती घन्टा भन्दा बढी चलाउछ्न भने त्यो आफ्नो निजि सम्पत्तिहरु मात्र अनुमती हुने कुरा उल्लेख गरिएको छ।

सहायक आयुक्त ग्लेन वेयरले राइडरहरूले प्रचलित नियमहरू पालना गर्नुपर्ने आवश्यकतामा जोड दिँदै नियम कानुनको कडाइमा जोड दिएका छन्।
कार्यवाहक इन्स्पेक्टर माइकल त्सालुमासले फुटपाथ सवारीका खतराहरू माथी जोड दिदै दुर्घटनाका कारण हुने खतराहरुमा बारे सबैलाई सचेत भइ नियमहरको पालना गर्न सबैलाइ आग्रह गरेका छन। ई-स्कुटर धेरै ब्यक्तिहरु माझ लोकप्रिय भइ रहेको भए पनि पछिल्लो समय बढ्दो दुर्घटना लाई मध्यनजर राख्दै अस्ट्रेलियालि मेडिकल एसोसिएसन ले थप दुर्घटनाहरु लाई न्यूनीकरण गर्न मद्दत मिल्ने खालको कडा नियमको माग गरिरहेको छ ।