नेप्लिज अस्ट्रेलियन युथ एसोसिएसन (NAYA) ले रक्तदान कार्यक्रम आयोजना गर्ने

रक्तदान जीवनदान भन्ने नारा सहित आउँदो २३ फेब्रुअरी(फागुन ११गतेआइतवार) नेप्लिज अस्ट्रेलियन युथ एसोसिएसन (NAYA) ले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

परामाटा डोनर सेन्टरमा नेप्लिज अस्ट्रेलियन युथ एसोसिएसन ले (NAYA) २३ फेब्रुअरी२०२५(फागुन ११गते०८१) मा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । अष्ट्रेलियामा रहेका नेपाली युवाहरूलाई रक्तदान जीवनदानको सबै भन्दा ठूलो दान रगतदान भएकोले यस दानमा सहभागी भएर रगतदान गर्न नेपाली युवा संघका अध्यक्ष, बिपिन थापाले अपिल गर्नु भएको छ ।

ठूलो पुण्य कमाउने यस अवसरमा सहभागी हुन रगतदानको सन्देशलाई फैलाउन सबैलाई आह्वान अध्यक्ष थापाले गर्नु भएको छ । नयाँ (NAYA) संस्थाले २०१३ देखि अहिले सम्म सातौं पटक रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ । यस पटक पनि रक्तदानको आयोजना गरिएको हुदा यसका सबै सुचना दिने,कार्यक्रमको पूर्व तयारी लगायतकाहरु कामहरु तीव्र रुपमा भइरहेको महासचिव सुमन श्रेष्ठले जानकारी दिनु भयो ।

रक्तदान कार्यक्रम बिहान १० बजेबाट शुरु हुनेछ र यसमा रगत र प्लाज्मा दानको लागि चार चरणहरूमा सहभागिता गराउन प्रयास गरिने संस्थाले जनाएको छ । संस्थाले भविष्यमा सामुदायिक र सामाजिक कार्यहरूलाई निरन्तरता दिने कार्यक्रम संयोजक बिज्ञान ढकालले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

स्थान: परामाटा डोनर सेन्टर
मिति: फेब्रुअरी २३, २०२५ (फागुन ११, २०८१)
समय: बिहान १०:०० बजेबाट