अष्ट्रेलियाली कृषि मन्त्री जुली कोलिन्सले मुलुकमा गत जुलाई यता बर्ड फ्लुको कुनै संक्रमण नदेखिएको बताउनु भएको छ ।
कृषि मन्त्री कोलिन्सले अष्ट्रेलियावाट H7 बर्ड फ्लु नियन्त्रण गर्न सफल बताउनु भएको हो । उहाँले अष्ट्रेलियामा बर्ड फ्लु नियन्त्रण भए पनि विदेशमा यो तीव्र गतिमा फैलिरहेकोले यसको नयाँ भेरियन्टको खतरा प्रति सचेत र सुरक्षित रहन पनि देशवासीलाई आग्रह गर्नु भएको छ ।
गत वर्ष अष्ट्रेलियामा H7 नामक बर्ड फ्लु देखा परेको थियो। बर्ड फ्लु चरा, विशेष गरी कुखुरा र हाँसहरूमा फैलिने गम्भीर भाइरस हो । यो रोग फैलिदा अण्डा तथा मासुको आपूर्तिमा असर पर्छ ।
केही अवस्थामा मानिसमा समेत सर्न सक्छ, तर यस्तो घटना दुर्लभ मानिने पशु चिकित्सकहरुको भनाइ रहेको छ । ज्७ नामक नयाँ प्रकारको बर्ड फ्लु अहिले अफ्रिका, एशिया, युरोप र अमेरिका मा तीव्र रूपमा फैलिरहेको बुझीएको छ। सन् २०२० यता यसले लाखौं कुखुराहरू नष्ट गरेको थियो ।






