
अष्ट्रेलियन सरकारले घरेलु हिंसा पीडितलाई कानुनी सहायता, आपत्कालीन सहायता, आर्थिक सहयोग, कानुनी सल्लाह तथा परामर्श सेवा प्रदान गर्दै आएको छ। जोखिममा परेका व्यक्तिले 000 मा फोन गरी प्रहरी वा एम्बुलेन्सको सहायता लिन सक्छन्।
प्रहरी प्रशासनले Apprehended Violence Order (AVO) जारी गरेर हिंस्रक व्यक्तिलाई सम्पर्क गर्न नदिने कानुनी व्यवस्था गरेको छ। यदि पीडित अस्पताल पुगेमा, चिकित्सकहरूले गोप्य रूपमा कानुनी तथा आर्थिक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने व्यवस्था सरकारले गरेको छ।
सन् 2021-22 को सर्वेक्षण अनुसार 38 लाख अष्ट्रेलियन नागरिक घरेलु हिंसाबाट प्रभावित भएको तथ्यांक सार्वजनिक भएको छ, जुन अष्ट्रेलियाको कुल जनसंख्याको लगभग एक चौथाइ हो। घरेलु हिंसा गम्भीर समस्या बन्दै गए पनि प्रभावित व्यक्तिहरूको सुरक्षाका लागि सरकारले विभिन्न हेल्पलाइन तथा परामर्श सेवा उपलब्ध गराएको छ।
घरेलु हिंसा पीडितका लागि अष्ट्रेलियन सरकारद्वारा उपलब्ध सहायता सेवाहरू:
✅ 1800 RESPECT – यो २४/७ सञ्चालन हुने सेवा हो , घरेलु तथा यौन हिंसाका पीडितका कार्य गर्दै आयेको छ ।
✅ 1800 ELDERHelp –यस बाट ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारविरुद्धको सहायता सेवा लिन सकिन्छ भने ।
✅ Family Relationship Advice Line – जसबाट पारिवारिक विवाद, बाल स्याहार र सम्बन्ध विच्छेदसम्बन्धी कानुनी परामर्श सेवा लिन सकिन्छ।
त्यसैगरी आपत्कालीन अवस्थामा 000 मा फोन गरि आवस्यक सहायता लिन सक्नुहुनेछ।




