विपिनको रिहाइका लागि प्रयास गर्न इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री राणाको फोन

माघ २५, २०८१ काठमाडौँ: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि इरानी सरकारसँग पहल गरिदिन आग्रह गरेकी छन् ।

हमास समूहको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइमा पहल गरिदिन उनले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी हुन् ।फोनवार्ताका क्रममा इरानका विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।