बालवालिकाले सामाजिक सञ्जाल प्रयोगका कारण बाल यौन शोषण लगायतका विकृति बढेको भन्दै वालवालिकाको निगरानी गर्न अस्ट्रेलियन संघीय प्रहरीले अभिभावकहरुलाई सतर्क रहन आग्रह गरेको छ । पछिल्लो समय बालबालिकाको विद्यालय पोशाकमा खिचिएका तस्वीरहरुको गलत टिप्पणी गर्ने र आपराधिक गतिविधिमा प्रयोग भएको भन्दै अष्ट्रेलियाको अस्ट्रेलियन संघीय प्रहरी (APF)ले अभिभावकलाई सतर्क रहनु आग्रह गरेको हो ।
अनुसन्धानकर्ताका अनुसार अभिभावकहरूले गर्वका साथ वालवालिकाको तस्वीरहरू सेयर गर्दा उनीहरु अपराधीहरूको निशानामा पर्ने गरेका छन् । APF का अनुसार पछिल्लो समय बालबालिकाको विद्यालय पोशाकमा खिचिएका तस्वीरहरूलाई अशोभनीय टिप्पणी गर्ने र आपराधिक गतिविधिमा संलग्न गर्न थालेको तथ्याङ्ख छ ।सन् २०२३-२४ मा अस्ट्रेलियन सेन्टर टु काउन्टर चाइल्ड एक्सप्लोइटेशन (ACCCE) ले ५९ हजारभन्दा बढी बाल यौन शोषण सम्बन्धी उजुरीहरू प्राप्त गर्यो,जुन अघिल्लो वर्षभन्दा ४५ प्रतिशत धेरै हो ।एपी एफ मानव विभागका कमाण्डर हेलेन स्नेइडर का अनुसार, सामान्य सतर्कताले ठूला जोखिम टार्न सकिन्छ ।
“तस्वीरमा विद्यालयको लोगो अस्पष्ट पार्ने वा लुकाउने, घरको ठेगाना, स्ट्रीट साइन वा अन्य व्यक्तिगत विवरण नदेखाउने जस्ता साना सावधानी अपनाउँदा बालबालिकालाई अपराधीहरूको निशानाबाट जोगाउन मद्दत हुन्छ,“ उहाँले भन्नु भयो ।
विद्यालय फोटोमा रहेका स्थान र पोशाकका संकेतहरू समेत अपराधीहरूले प्रयोग गरी बालबालिकाबारे विस्तृत जानकारी संकलन गर्न सक्छन्, जसले खतराको स्थिति सिर्जना गर्न सक्छ । यो समस्या विशेष गरी विद्यालय विदामा झनै बढ्ने देखिएको छ । किनभने त्यतिबेला बालबालिका अनलाइन बढी सक्रिय हुन्छन् र अभिभावकहरूको निगरानी कम हुन्छ । सन् २०१८मा स्थापना भए यता हरेक वर्ष उजुरीहरू निरन्तर बढ्दै गएका छन् ।
सुरक्षाविद्हरूले अभिभावकहरूलाई आफ्ना बालबालिकासँग अनलाइन सुरक्षाबारे कुरा गर्न,उनीहरूको इन्टरनेट प्रयोगलाई निगरानी गर्न र व्यक्तिगत जानकारी सार्वजनिक गर्नबाट जोगिन आग्रह गरेका छन ।
सामाजिक सञ्जालमा तस्वीर राख्नु अघि दुई पटक सोच्नुहोस सानो जानकारीसमेत गलत व्यक्तिहरूको हातमा परेमा जोखिमपूर्ण हुन सक्छ ।सतर्क बनौं,सुरक्षित रहौं भन्दै अस्ट्रेलियन संघीय प्रहरी एपीएफले अपिल गरेको छ ।





