बढ्यो सुनचाँदीको मुल्य

Fancy designer antique golden bracelets for woman fashion studio shot.

माघ १८, २०८१ काठमाडौँ: आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २३ सयले बढेर तोलामा एक लाख ६२ हजार ८०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलामा एक लाख ६० हजार ५०० सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले बढेर तोलाको १९१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।