सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

माघ १५, २०८१ काठमाडौँ: आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सयले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।