कति छ आज सुनचाँदीको मुल्य ?

आज सुनचाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १३ सयले बढेर तोलामा एक लाख ५७ हजार ९०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलामा एक लाख ५६ हजार ६ सयमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।