दुर्गा प्रसाईंसहित तीन जनामाथि संगठित अपराध र आपराधिक लाभको आरोपमा मुद्दा दायर गरिएको छ।बुधबार काठमाडौँ जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले यो मुद्दा दर्ता गरेको हो।
दुर्गा प्रसाईंसँगै पाँचथरका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम स्थायी ठेगाना भई बिर्तामोडमा बस्दै आएका रामचन्द्र मैनालीमाथि संगठित रूपमा नेपाली व्यवसायीहरूलाई धम्क्याएर आपराधिक लाभ लिएको आरोप लागेको छ।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार, उनीहरूमाथि संगठित अपराध निवारण ऐन र आपराधिक लाभसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै अभियोग पत्र पेस गरिएको छ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा अघि सारिएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ।
