एजेन्सी । आफू जन्मेको दिन सबैलाई खास लाग्छ, त्यसैले हरेक वर्ष पर्ने जन्मदिन सबैले रमाइलो गरी मनाउँछन् । केक काट्ने, चकलेट बाँड्ने, मन्दिर जाने, साथीभाईलाई पार्टी दिने गरिन्छ । कसैले तिथिको आधारमा जन्मदिन मनाउँछन्, त कसैले तारिखको आधारमा त कसैले जन्ममिति अर्थात् गतेको आधारमा मनाइरहेका हुन्छन् । जन्मदिन खास तिथि अनुसार मनाउनु राम्रो मानिन्छ ।
जन्मदिन मनाउँदै गर्दा केहि गर्न हुने काम पनि छन् र केहि गर्न नहुने काम पनि छन् । जुन कतिलाई थाहा हुन पनि सक्छ र कतिलाई थाहा नहुन पनि सक्छ । केहि कामहरु छन् जुन जन्मदिमा भुलेर पनि गर्नुहुँदैन । यस्ता कामहरु गर्दा जीवनमा धेरै कष्ट व्यहोर्नुपर्ने हुन्छ ।
आफ्नो जन्मदिनमा भुलेर पनि नगर्नुहोस् यस्ता काम
नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने : आफ्नो जन्मदिनको दिनमा नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने जस्ता कामहरु गर्नु हुँदैन । आफ्नो जन्मदिनको दिन यस्तो काम गर्नु भनेको आयु क्षीण हुनु हो । कपाल काट्ने, तेल मालिस गर्ने गर्नु भनेको जीवनमा रोग, ब्याध र कष्ट पर्नु हो ।
हत्या हिंसा गर्नु हुँदैन : जन्मदिनको दिन भुलेर पनि गर्नै नहुने काम भनेको हत्या हिंसा हो । विशेषत: जन्मदिनको सेलिब्रेसन गर्ने नाममा पशु चौपायाको हत्या गर्ने, मासु खाने, आफन्त साथीभाई बोलाएर भोज लगाउने प्रचलन नै छ । तर यो सबैभन्दा ठुलो भुल हो । जतिसुकै पुजा पाठ गर्नुस् धर्मकर्म गर्नुस् यदि जन्मदिनको दिन पशु चौपायको हत्या गर्नुभयो भने जिवनमा ठुलो उन्नतिको अपेक्षा राख्दै नराख्नुस् । जिवनमा धेरै उतारचढाव आइलाग्छ । हुन त पशु चौपायाको हत्या गर्नु पाप नै हो तर जन्मदिनको दिनमा चाही भुलेर पनि यो गल्ति नगर्नुहोस् ।
मांसाहारी भोजन नगर्ने : जन्मदिनको दिन तामसी र राजसी भोजन (माछा, मासु, अण्डा, वियर र रक्सि) सेवन गर्नु हुँदैन । माछा, मासु र मदिरा जस्ता चिजहरुले कुण्डलीमा शनि दशा बिग्रदैं जान्छ । शनि ग्रह बिग्रंदै जानु भनेको तपाइको भाग्य बिग्रंदै जानु हो । त्यसैले आफ्नो जन्मदिनको दिन यस्तो गल्ति नगर्नुहोस् ।
तितो बचन नगर्नुस् : जन्मदिनको दिन कसैलाई पनि तितो बचन नगर्नुस् । जन्मदिनको दिन सबैलाई खुसि बनाउने प्रयास गर्नुस् । कससँग पनि बादविवाद र झगडा नगर्नुस् । सुमधुर बोल्ने प्रयत्न गर्नुस् । सकेसम्म त सधै नै सुमुधुर बचन गर्नु राम्रो हुन्छ तर जन्मदिनको दिन विशेषत सबैलाई हँसाउने प्रयत्न गर्नुहोस् ।
यी काम गर्नुहोस्
दान गर्नुस् : जन्मदिनको दिन गरिब दुखीको सेवा गर्नुस् । दान गर्नुहोस् । हत्या हिंसा गर्नु भन्दा नि गरिब दुखीको सेवा गर्नतिर लाग्नुस् । तपाइ जन्मदिन भनेर १०० जना आफन्त बोलाएर खुवानु भन्दा तिनलाई एक छाक भएपनि खुवानुहोस् जो भोका छन् ।
पुजा पाठ गर्नुहोस्: जन्मदिनको दिन पुजा पाठ र नव ग्रह शान्ति गराउनुहोस् ।
खुशियाली बाढ्नुहोस् : परिवार साथीभाई इष्टमित्र र समाज सबैसँग खुशियाली बाढ्नुहोस् ।
