एजेन्सी । तपाईले प्रायः देख्नु भएको छ कि शल्यक्रिया गर्नु अघि, कुनै पनि डाक्टरले हरियो कपडा लगाएको देखिन्छ । कहिले काहीँ सर्जनले पनि नीलो रङको कपडा लगाउँछन् तर डाक्टरले रातो पहेँलो लुगा लगाएर शल्यक्रिया गरेको विरलै देख्नु भएको होला । कहिले काहीँ तपाइको मनमा प्रश्न उठेको होला कि यस्तो किन हुन्छ ? आउनुहोस् जानौं;
तपाईंले याद गर्नु भएको छ कि जब तपाईं उज्यालो भएको ठाउँबाट आउनुहुन्छ र घरमा प्रवेश गर्नुहुन्छ, तपाईंको आँखा अगाडि अँध्यारो हुन्छ । यस्तो अवस्थामा हरियो वा नीलो रंगको सम्पर्कमा आयो भने राहत मिल्छ । अपरेसन थिएटरमा डाक्टरको अवस्था पनि त्यस्तै हुन्छ ।
हरियो र निलो रङ रातो रङको विपरीत हुने र शल्यक्रिया गर्दा शल्यचिकित्सकको ध्यान रातो रङमा मात्रै केन्द्रित हुने गर्छ । कपडाको हरियो र नीलो रंगले सर्जनको हेर्ने क्षमता मात्र बढाउँदैन, उसलाई रातो रङ प्रति बढी संवेदनशील बनाउँछ ।
पहिले थियो सेतो लुगा लगाउने चलन
डाक्टरहरूले निलो वा हरियो कपडा लगाउने चलन सुरुदेखि नै हो भन्ने होइन । मिडिया रिपोर्टका अनुसार पहिले डाक्टर र अस्पतालका सबै कर्मचारीले सेतो लुगा लगाउने गर्थे । तर सन् १९१४ मा एक डाक्टरले यसलाई हरियो बनाए । त्यसबेलादेखि यो ड्रेस कोड एक चलन बन्यो । आजकल कतिपय डाक्टरहरूले पनि नीलो रङको लुगा लगाउँछन् ।
