अस्ट्रेलियामा ला निना जस्तो मौसम प्रकृया यस वर्षको पछिल्लो समयमा हुन सक्ने विश्लेषण गरिएको छ। मौसम विज्ञान ब्यूरोका अनुसार , यसको सम्भावना ५० प्रतिशत छ।
यस्तै, प्यासिफिकमा समुद्री सतहको तापक्रम डिसम्बरदेखि कम हुँदै गएको छ, अप्रिल २०२३ देखि अप्रिल २०२४ सम्मको असाधारण विश्वब्यापी समुद्री सतह तापमानले साधारण जलवायु पूर्वानुमानहरूलाई प्रभावित गर्न सक्छ।
संयुक्त राष्ट्र ओसियानिक तथा मौसम आधारको प्रशासनको अनुसार, जुलाई देखि सेप्टेम्बर सम्म ला निना मौसम प्रकृयामा ६९ प्रतिशतको सम्भावना रहेकाे अनुमान गरिएको छ।
वर्तमान पूर्वानुमानहरूले जून देखि अगस्टसम्म पूर्वी अस्ट्रेलिया, पश्चिमी अस्ट्रेलिया, र दक्षिण अस्ट्रेलियाको केहि भागहरूमा सामान्य भन्दा बढी वर्षा हुने अनुमान छ, र देशभर गर्मी हुनसक्ने अनुमान गरिएको छ।