अस्ट्रेलियाका प्रमुख सहरहरूमा बिहीबार १९ डिसेम्बर कस्तो रहने छ मौसम ?

अस्ट्रेलियाका प्रमुख सहरहरूमा बिहीबार, १९ डिसेम्बरको मौसमको पूर्वानुमान अनुसार, अधिकांश सहरहरूमा राम्रो मौसम रहने अपेक्षा गरिएको छ।

पर्थमा दिनभर घाम लाग्ने सम्भावना रहेको छ, र अधिकतम तापक्रम ३१ डिग्री सेल्सियससम्म पुग्नेछ।

एडिलेटमा पनि सफा मौसमको अपेक्षा छ, तापक्रम ३३ डिग्री सेल्सियससम्म उक्लिनेछ।

मेलबर्नमा पनि मौसम सफा रहने र तापक्रम २८ डिग्री सेल्सियस रहनेछ।

होबाडमा आंशिक बदली रहने र तापक्रम २१ डिग्री सेल्सियसको आसपास रहने पूर्वानुमान गरिएको छ।

क्यानबेरामा पुरा दिन घाम लाग्ने र अधिकतम तापक्रम २८ डिग्री रहनेछ।

सिडनीमा २४ डिग्री सेल्सियस तापक्रम रहेको आंशिक बदली मौसमको पूर्वानुमान गरिएको छ।

ब्रिस्बेनमा २८ डिग्री तापक्रमका साथ आंशिक बदली हुने सम्भावना छ।

डार्विनमा वर्षा र आँधीको सम्भावना रहेको छ, र अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्नेछ।