स्प्लिट्सभिल्ला’ की दिकिला शेर्पा अब नेपाली फिल्म, ‘माइतीघर’ बाट डेब्यु गर्ने

काठमाडौं । भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट परिचित दिकिला शेर्पा अब नेपाली फिल्ममा डेब्यु गर्न जाँदैछिन्। उनले रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘माइतीघर’मा काम गर्ने पक्का भएको छ।

यस शोबाट भारतको नेपालीभाषी समुदाय र नेपाली युवापुस्तामा दिकिलाको लोकप्रियता बढेको थियो। हालै युट्युवमा रिलिज भएको एकदेव लिम्बुको गीत ‘झिम झिमाउने आँखा’मा पनि दिकिलाले अभिनय गरेकी छन्, जसले युट्युवको ग्लोबल चार्टबस्टरमा स्थान बनाएको थियो।

निर्माता रोहित अधिकारीले ‘माइतीघर’मा दिकिलालाई अनुबन्ध गरेको पुष्टि गरेका छन्। नेपाली फिल्ममा उनको डेब्युले धेरै नेपाली फ्यानलाई खुशी पार्ने निश्चित छ, विशेष गरी उनकाका प्रशंसक नेपालमा पनि प्रचुर मात्रामा छन्।

यस फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, उपानासिंह ठकुरी, बुद्धि तामाङ र प्रकाश सपुतले पनि साइन गरिसकेका छन्। मिलन तामाङले निर्देशन गर्ने यस फिल्मको निर्माण रोहित अधिकारीले गर्दैछन्।

फिल्मको छायांकन फागुन वा चैत महिनामा सुरु हुने तयारी छ, र काठमाडौं, शैलुङ र काभ्रेमा छायांकन हुनेछ। अहिले फिल्मको प्रि-प्रोडक्सन कार्य तीव्र गतिमा भइरहेको छ। निर्माता अधिकारीका अनुसार फिल्मलाई २०८२ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

रविन शेरचन र धीरज तामाङ निर्माता हुन्, जबकि इश्वर श्रेष्ठ र चन्द्रकुमार दोङ सहायक निर्माताको भूमिकामा छन्। रोहित अधिकारी यसअघि ‘गाजुल’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’ जस्ता सफल फिल्महरू निर्माण गरिसकेका छन्। अधिकारीले फिल्मको प्रचारप्रसारलाई विशेष ध्यान दिने बताएका छन्, र यस फिल्मको शीर्ष गीतलाई अघिल्लो ‘माइतीघर’ फिल्मको शीर्षक गीतसँग समावेश गर्ने योजना रहेको छ।