विवाहको खबर सार्वजनिक भएपछि यसो भन्छन् पल शाह

काठमाडौं । नायक पल शाहको विवाहको चर्चा सामाजिक सञ्जालमा अहिले निकै तातेको छ । बिहीबार साँझ प्रसारित कार्यक्रम रजतपटमा रंग पत्रकार प्रकाश सुवेदीले पलले आगामी माघ महिनामा विवाह गर्न लागेको सनसनीपूर्ण खुलासा गरेका थिए ।

सुवेदीले कार्यक्रममा भने अनुसार, पलले सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी एक नेतृसँग लगनगाँठो कस्ने तयारी गरेका छन् भन्ने सूचना प्राप्त भएको थियो । यो खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पललाई बधाईको ओइरो लागेको छ । तर, यी खबरपछि पल आफूलाई प्रष्टिकरण दिनुपर्ने अवस्थामा पुगेका छन् ।

पलले आजमात्र आफ्नो विवाहको चर्चा बारे अनविज्ञता व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन्, “मेरो विवाहको खबरले म आफैं चकित छु । साथीभाइहरूले देखाउनुभएको चिन्ता र चासोको म कदर गर्दछु, तर यहाँहरूलाई स्पष्ट पार्न चाहन्छु- यो खबरमा कुनै सत्यता छैन ।”