सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनचाँदीको मूल्यमा  गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आइतबार तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ मा कारोबार भएको छापावाल सुन सोमबार एक हजार दुई सय रुपैयाँ घटेर प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार  चाँदीको मूल्य १ हजार ८४० रुपैयाँ कायम गरिएको थियो ।