एनपीएल महोत्सव आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित यो प्रतियोगिता आगामी पुस ६ गतेसम्म चल्नेछ। प्रतियोगितामा आठ वटा विभिन्न टिमहरूको सहभागिता रहेको छ।

यो लिग विश्वभरिका चर्चित क्रिकेट खेलाडीहरूको उपस्थितिले विशेष ध्यान आकर्षित गरेको छ। विशेष गरी, शिखर धवन, मार्टिन गप्टिल, जिम्मी निसम, र बेन कटिङजस्ता स्टार खेलाडीहरूको आगमनले एनपिएलको महत्त्व थप बढाएको छ। क्यानले पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा डिजिटल स्कोर बोर्डको जडान गरेको छ, जसले खेलको स्कोर र अपडेट दर्शकलाई ठूलो स्क्रिनमा सजिलै हेर्न मद्दत पुर्‍याउनेछ।

एनपिएलको अर्को आकर्षण भनेको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कारको पुरस्कार दिने व्यवस्था हो। यसका साथै, प्रतियोगितामा विजेता टोलीलाई आकर्षक नगद पुरस्कार पनि दिइने जानकारी छ, यद्यपि कति रकमको पुरस्कार दिइने भन्ने खुलाइएको छैन।

आजको उद्घाटन खेलमा जनकपुर बोट्ल्स र विराटनगर किङ्सको प्रतिस्पर्धा हुनेछ। जनकपुर बोट्ल्सको कप्तान अनिल शाह र प्रमुख खेलाडी आसिफ शेख छन् भने विराटनगर किङ्सको कप्तान सन्दीप लामिछाने छन्।एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुनेछ ।

त्रिविमा अध्ययनरत विद्यार्थीलाई टिकट मूल्यमा छुट 

नेपाल प्रिमियर लिग (एनपीएल)मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ । क्यानका अनुसार त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने खेलमा त्रिवि विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट दिने जानकारी दिएको छ । प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर किङ्ग्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ । 

यस प्रतियोगिताले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।