एजेन्सी । ज्योतिष शास्त्रमा थुप्रै कुराहरूलाई ध्यानमा राखेर व्यक्तिको स्वभावको बारेमा जानकारी पाइन्छ, जसलाई हामी प्रायः सामान्य ठान्छौं । जस्तै, प्रत्येक व्यक्तीको खुट्टा वा हातको औँलाको आकार र लम्बाइ फरक फरक हुन सक्छ, तर यसले व्यक्तित्व बारे धेरै कुरा बताउँछ । यहाँ हामी खुट्टाको दोस्रो औँला लामो भएको अवस्थाका बारेमा जानकारी दिदैछौं ।
खुट्टाको दोस्रो औँला लामो हुनुको अर्थ
ज्योतिष अनुसार, व्यक्तिको शरीरका विभिन्न अंगहरू कुनै न कुनै राशिसँग सम्बन्धित हुन्छन् । खुट्टाका अंगहरू मीन राशिसँग जोडिएका छन् । भनिन्छ कि मीन राशिसँग सम्बन्धित ती व्यक्तिहरू, जसको खुट्टाको दोस्रो औँला लामो हुन्छ, उनीहरू संवेदनशील स्वभावका हुन्छन् ।
जिद्दी स्वभाव
खुट्टाको दोस्रो औँला लामो भएका व्यक्तिहरूमा हठी स्वभाव पाइन्छ । यी व्यक्तिहरू आफ्नो विचारलाई प्रमाणित गर्न र आफ्नो कुरा मनाउन दृढ रहन्छन् । आफ्नो अडानका कारण कहिले काहीं समस्यामा पनि पर्न सक्छन्, तर कडा मेहनतले ठूलो सफलता पनि प्राप्त गर्छन् ।
रचनात्मकता र कल्पनाशक्ति
जसको दोस्रो औँला लामो हुन्छ, ती व्यक्तिहरू रचनात्मक हुन्छन् । उनीहरूको सोचमा नयाँ विचारहरू आइरहन्छ । यस्ता व्यक्तिहरू लेखन, चित्रकला वा संगीतजस्ता क्षेत्रमा अग्रणी भूमिका खेल्न सक्छन् । साथै, मीन राशिसँगको सम्बन्धले गर्दा उनीहरूमा आध्यात्मिक झुकाव पनि देखिन्छ । जीवनका हरेक अवस्थासँग सजिलै अनुकूल हुने र चुनौतीहरू पार गर्ने विशेषता पनि उनीहरूमा पाइन्छ ।






