अष्ट्रेलियामा छैटौं नेपाली एम्बेसी कप फुटबल प्रतियोगिता हुदै

क्यानबेरा नेपलिज फुटबल क्लब (CNFC) को आयोजनामा छैटौं नेपाली एम्बेसी कप २०२४ फुटबल प्रतियोगिता आगामी नोभेम्बर १६, २०२४, शनिबारका दिन अष्ट्रेलियाको राजधानी क्यानबेरामा हुने भएको छ। खेल युनिभर्सिटी अफ क्यानबेराको खेल मैदानमा 9-A-Side फारम्याटमा सञ्चालन हुनेछ। साथै, यस प्रतियोगितामा क्यानबेरामा रहेका १४ क्लबहरूले आफ्नो सहभागिता सुनिश्चित गरिसकेका छन्। प्रतियोगिता बालबालिकाका लागि विशेषगरी प्रेरणादायी बनाउन आयोजकले साना नानीहरूको लागि विशेष फुटबल एग्जिवेसन कार्यक्रम समेत समावेश गरेको छ। यस कार्यक्रमको उद्देश्य बालबालिकाहरूलाई सानै उमेरदेखि फुटबलप्रतिको रुचि जगाउनु र उनीहरूलाई भविष्यमा CNFC मार्फत थप फुटबल खेल खेल्न प्रेरित गर्नु रहेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम र खेलाडीहरूलाई पुरस्कार स्वरूप विभिन्न राशी र उपहारहरू प्रदान गरिनेछन्:

मुख्य प्रतियोगिता (open age category):

  • विजेता टिम: AUD $5,000, ट्रफी, र प्रमाणपत्र
  • उपविजेता टिम: AUD $2,500, ट्रफी, र प्रमाणपत्र
  • उत्कृष्ट खेलाडी: AUD $150
  • सबैभन्दा धेरै गोल गर्ने खेलाडी: AUD $150
  • उत्कृष्ट गोलरक्षक: AUD $150
  • फेयर प्ले टिम: AUD $100

प्रतियोगितालाई सफल बनाउन मुख्य प्रायोजकका रूपमा G1 Home and Builders र Starlink Mortgage and Finance रहेका छन्।
अतिरिक्त सहयोगका लागि Right and Associates र Chomolongma Nepali Cuisine ले प्लाटिनम तथा गोल्ड स्पोन्सरको भूमिका निभाएका छन्। यो प्रतियोगिता केवल एक खेल कार्यक्रम मात्र नभई क्यानबेरामा रहेका नेपाली समुदायलाई एकजुट गर्ने, र नेपाली खेलकुदको प्रवर्द्धन गर्ने एउटा महत्वपूर्ण अवसर हो। आयोजकले सबैलाई उत्साहजनक र सम्झनलायक प्रतियोगिता बनाउनको लागि उपस्थित हुन आह्वान गरेका छन्।

प्रतियोगिता सम्बन्धी कुनै प्रश्न वा थप जानकारीको लागि निम्न सम्पर्कहरू प्रयोग गर्न सकिनेछ: