क्याप्टेराको नयाँ अध्ययनले देखाएको छ कि प्रतिस्पर्धात्मक श्रम बजारमा आफूलाई अघि बढाउन धेरै अस्ट्रेलियनहरूले एआईको प्रयोग गरिरहेका छन्। अध्ययन अनुसार करिब ७३% रोजगारी खोज्नेहरूले आवेदन गर्दा एआई प्रयोग गर्छन्, जुन विश्वव्यापी औसतभन्दा १५% बढी हो। एआई प्रयोग गर्नेहरूमध्ये ९०% ले आफ्नो सीप, योग्यता, वा अनुभवलाई रेजुमे, आवेदन, वा परीक्षणहरूमा बढाएर देखाउने वा गलत विवरण दिने गरेको स्वीकार गरेका छन्।
धेरैले प्रतिस्पर्धामा टिक्नका लागि आफ्नो आवेदनलाई सुधार गर्न आवश्यक ठानेका छन्, किनकि उनीहरूका अनुसार अन्य आवेदकहरू पनि यसैगरी एआईको प्रयोग गरिरहेका छन्। यद्यपि, २५% एआई नचलाउनेहरूले रोजगारदाताहरूले एआई प्रयोगलाई ईमान्दारिता विपरीत मान्न सक्ने आशंका व्यक्त गरेका छन्।
रोजगारदाताहरूले पनि आवेदनहरूको छनोट प्रक्रियामा एआईको प्रयोग गर्दै निष्पक्ष भर्ती सुनिश्चित गर्न थालेका छन्। च्याटजीपीटीजस्ता उपकरणहरूले आवेदकहरूलाई रेजुमे, कभर लेटर, र अन्तर्वार्ताका उत्तरहरू तयार गर्न मद्दत गर्ने हुँदा आवेदकको प्रमाणिकताको चासो पनि बढ्दै गएको छ। क्याप्टेराले कम्पनीहरूलाई योग्य आवेदकहरू पत्ता लगाउन एआई पहिचान उपकरण प्रयोग गर्न सुझाव दिएको छ।