कार्तिक २२ , २०८१ काठमाडौँ: आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ । बिहीबार भएको खेलमा नेपालले एक सय ८ रनले कुवेतलाई पराजित गरेको हो । यो नेपालको लगातार दोस्रो जित हो ।
एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो ।यसअघि पहिलो खेलमा थाइल्यान्डलाई नेपालले ६७ रनले पराजित गर्न सफल भएको थियो ।