विक्रांत मेस्सीलाई ज्यान मार्ने धम्की

विक्रांत मेस्सी अभिनीत फिल्म ‘द साबरमती रिपोर्ट’ छिट्टै रिलिजको तयारीमा रहेको छ। घोषणा भएको दिनदेखि नै यो फिल्म विवादास्पद विषय बनेर चर्चामा छ, र हाल यसको प्रचारप्रसार तीव्र रूपमा भइरहेको छ।

यस्तै, विक्रांत मेस्सीले आफ्नो नयाँ फिल्मका कारण लामो समयदेखि ज्यान मार्ने धम्की आइरहेको खुलासा गरेका छन्। प्रमोशनल कार्यक्रममा उनलाई यो धम्कीबारे प्रश्न गर्दा उनले स्वीकारे, “हो, म यसबारे कुरा गरिरहेको छैन किनकि अहिलेसम्म कसैले सोधेको थिएन। धम्की आइरहेको छ, तर हामी कलाकार हौँ, र हामी कथाहरू प्रस्तुत गर्छौँ। यो फिल्म (द साबरमती रिपोर्ट) सत्य घटनामा आधारित छ, त्यसैले दर्शकहरूले कुनै पूर्वधारणा बिना हेर्नु राम्रो हुन्छ।”

विक्रांत ले थपे, “हामी धम्कीहरूको सामना गरिरहेका छौँ, र हाम्रो टोलीले पनि यो अवस्थाको व्यवस्थापनमा सघाइरहेको छ।”

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रम नोभेम्बर ६ मा सम्पन्न भएको थियो। शुरुवातमा यो फिल्म मे ३ मा रिलिज हुने तय भए पनि लोकसभा चुनावका कारण मिति सारिएको थियो। अब, फिल्म नोभेम्बर १५ मा रिलिज हुने पक्का भएको छ।

एकता कपूरद्वारा निर्मित यस फिल्ममा विक्रान्त मेसीसँगै रिद्धि डोग्रा र राशि खन्ना मुख्य भूमिकामा छन्। फिल्ममा विक्रान्त, राशि, र रिद्धि पत्रकारको भूमिकामा देखिन्छन्, जसले सन् २००२ को गोधरा घटनामा आधारित कथालाई चित्रण गरेका छन्।

ट्रेलर रिलिजपछि फिल्म ‘द साबरमती रिपोर्ट’ गुगलमा धेरै खोजिएको छ, विशेष गरी पछिल्लो महिनामा यसको ट्रेलरले व्यापक चासो पाएको छ।

ट्रेलर लन्च कार्यक्रममा एकता कपूरले मिडियासँग छलफल गर्दै फिल्मसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिइन्। तर, केही प्रश्नले उनलाई चिन्तित पनि देखाएको थियो।