दोस्रो पटक बुवा बने विपिन, छोरीको आगमनमा खुसी

अभिनेता विपिन कार्की दोस्रो सन्तानका रूपमा पुत्रीका पिता बनेका छन्। उनकी पत्नी रेस्मा कटुवालले बुधबार बिहान सुमेरु सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। विपिनले खुशी व्यक्त गर्दै भने, “दोस्रो पटक लक्ष्मीको आगमन भएको छ, म छिट्टै फिल्मको काममा फर्किन्छु।”

अब विपिन ‘ऊनको स्वीटर’ फिल्मको बाँकी १० दिनको छायांकनमा व्यस्त हुनेछन्, जुन मातृशोकका कारण रोकिएको थियो। त्यसपछि उनले तुलसी घिमिरेको ‘पहाड’ र सौरभ चौधरीको ‘कर्मा’ फिल्ममा काम गर्नेछन्।