अस्ट्रेलिया स्थित वोलोङगोङ राजमार्गको लेक यलवारा क्षेत्रमा कारले ठक्कर दिँदा एक २९ वर्षीय पुरुषको मृत्यु भएको छ। सडक छेउको ब्यारियरमा ठोकिएर कार दुर्घटना भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। अर्को कारका चालक अन्दाजी ५२ वर्षीय पुरुष सामान्य घाईते भएको र उनको उपचार सेलहारबोर हस्पिटलमा भईरहेको छ । दुर्घटना पश्चात केही समयका लागि एम वान मोटरवे बन्द थियो तर पछि पुन: खोलिएको छ। प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।





