अष्ट्रेलियामा रहेका नेपालीसहित बृहद अष्ट्रेलियन समुदायलाई नेपालमा हालै आएको अविरल वर्षापछिको बाढी र पहिरोबाट प्रभावित भएका जनधनको क्षतिलाई मध्यनजर गर्दै सहयोग आह्वान गरिएको छ। एनआरएन अष्ट्रेलियाले एक विज्ञप्ति जारी गर्दै ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ।
एनआरएन अष्ट्रेलियाले बाढी पीडितलाई राहत स्वरुप आर्थिक सहयोग जुटाउने उद्देश्यले अभियान थालेको छ। यसका लागि अष्ट्रेलियामा रहेका नेपाली तथा अन्य समुदायका व्यक्तिहरुलाई सहयोग गर्न एनआरएन अष्ट्रेलियाले अपिल गरेको छ।
सहयोग गर्न इच्छुकहरूले एनआरएन अष्ट्रेलियाको तोकिएको बैंक खातामा रकम जम्मा गर्न वा Go Fund Me अभियानमार्फत आर्थिक सहयोग पुर्याउन सक्नेछन्।
नेपालको बाढी पीडितहरूलाई सहयोग गर्न कृपया पोस्टरमा क्लिक गर्नुहोस्”






