रोहित सेट्टीको फिल्म ‘सिंघम ३’ लक्ष्मीपूजामा रिलिज हुने पक्का भएको छ । भारतीय चर्चित मिडिया र सम्पादक तथा व्यापार विश्लेषक तरण आदर्शका अनुसार अब यो फिल्म दीपावलीमा रिलिज गर्ने पका गरिएको हो।
बलिउड अभिनेता अजय देवगण र दीपिका पादुकोणको प्रमुख भूमिका रहेको यो फिल्म ‘सिंघम ३’ यही मितिमा आउने भएपछि बलिउड बक्स अफिसमा फिल्म ‘भुलभुलैया ३’ सँग मज्जाको भिडन्त हुने पक्का छ ।






