यदि तपाई अस्ट्रेलियामा घर किन्ने योजनामा हुनुहुन्छ भने, अहिलेको अवस्थामा निकै कठिनाइको सामना गर्नु पर्ने देखिन्छ। पछिल्लो समय अस्ट्रेलियामा housing affordability अर्थात् घर किन्न सक्ने क्षमता निकै कमजोर बनेको छ। बढ्दो Mortgage rates र high home prices का कारण धेरै खरिदकर्ता हरु हरु बजारबाट बाहिर निक्लनु परेको छ
Housing Affordability Report का अनुसार, वार्षिक $112,000 कमाइ गर्ने घरपरिवारले अहिले उपलब्ध घरमध्ये मात्र 14 प्रतिशत घर खरिद गर्न सक्छन्। यो तीन वर्षअघि 43 प्रतिशत थियो।

अस्ट्रेलियाका केही राज्यहरुमा यो समस्या झन् जटिल बनेको छ। New South Wales, Victoria, र Tasmania मा घर किन्न अझै गाह्रो भएको देखिन्छ। New South Wales मा त केवल 10 प्रतिशत मात्र median-income घरपरिवारले घर किन्न सक्ने अवस्था रहेको रिपोर्टले देखाएको छ।
यो अवस्था ले नेपाली हरु लाइi पनि गम्भीर रुपमा असर पार्न सक्छ, किनकि धेरैजसो नेपाली परिवार हरु Victoria र New South Wales जस्ता राज्यहरुमा बसोबास गर्छन्। अस्ट्रेलियामा घर किन्नको लागि आवश्यक पर्ने लागत दिनानुदिन बढिरहेको हुँदा, हामीले आफ्नो बजेटलाई ध्यानमा राखेर सावधानीपूर्वक निर्णय लिनपर्ने आवस्यक रहेको देखिन्छ ।





