सिड्नीको सिबिडीमा डिउटीमा खटिइरहेका एक प्रहरीमाथि छुरा प्रहार भएको छ । आइतबार दिउँसो एलिजावेथ सेन्टको हाईट पार्क नजिकै उनिमाथि छुरा प्रहार भएको हो ।उनको टाउको पछाडी धेरैपटक छुरा प्रहार भएको बताइएको छ, उनको उपचार सेन्ट भिन्सेन्ट अस्पतामा भइरहेको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने अन्दाजी तिस बर्षिय पुरुष रहेको र उनलाई प्रहरीले तत्काल प्रक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको बताएको छ । छुरालाई मूल्याङ्कनका लागि भने रोयल प्रिन्स अल्फ्रेड अस्पताल लगिएको छ र प्रहारबाट घाइते प्रहरी र आरोपी युवाको नाम भने प्रहरीले खुलाएको छैन ।