बेपत्ता नर्स ममता काफ्ले प्रकरणमा श्रीमान् ले नै हत्या गरि शब लुकायेको आशङ्का

अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स ममता काफ्ले बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरेको छ।भट्टलाई स्थानीय समय अनुसार बिहीबार अपरान्ह घरबाट प्रहरीले पक्राउ गरेको हो। भर्जिनियाको स्थानीय अनलाइन पोर्टल इनसाइड नोभा डटकमका अनुसार प्रहरीले २८ वर्षीया नर्स काफ्लेको हत्या भएको आशङ्का गरेको छ।

शव लुकाएको आशङ्कामा उनका श्रीमान् नरेशलाई पक्राउ गरिएको हो।नरेशले पहिले स्थानीय सञ्चारमाध्यमहरुसँग श्रीमतीसँग आफ्नो कुनै झगडा पनि नभएको भन्दै जहाँ भएपनि आउन अनुरोध गरेका थिए। यद्यपि, उनी ममताको खोजी गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका थिएनन् ।आसंका

उनीहरूको एक वर्षको बच्चासमेत छ।  कञ्चनपुर स्थायी घर भएका भट्टले सन् २०२० मा मात्र ममतासँग विवाह गरेका थिए। अन्तिम पटक जुलाई ३१ मा मनसास पार्कमा देखिएकी ममता काफ्ले त्यसपछि सम्पर्कविहीन भइन्। श्रीमान् नरेशले उनको खोजीका लागि निवेदन पनि दिएका थिएनन्।एबीसी न्यूजको वेवसाइटमा उल्लेख भएअनुसार, श्रीमान्ले तीन दिनपछि मात्र प्रहरी कहाँ उनी बेपत्ता भएको खबर गरेका थिए। आफन्त र साथीभाइले चासो देखाएपछि केही दिनपछि प्रहरी आफैं उनको घरमा पुगेको थियो। त्यसपछि बल्ल उनले श्रीमती हराएको भन्दै प्रहरीलाई खोजी गरिदिन अनुरोध गरेका थिए।