नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ गरेकी छिन् ।राजदूत भोल्कले अध्यक्ष प्रचण्डसँग उनको निवास खुमलटारमा भेट गरेका थिए । भेटमा उनले नेपालको शान्ति प्रक्रियालाई सफलतापूर्वक निष्कर्षमा पु¥याएकोमा प्रचण्डलाई बधाई दिँदै उनको प्रधानमन्त्रीको कार्यकालले नेपालको अन्तर्राष्ट्रिय स्तरमा उल्लेख्य सुधार गरेकोमा प्रशंसा गरिन् ।जवाफमा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई मजबुत बनाउन राजदूत भोल्कको भूमिकाको प्रशंसा गर्दै उनको आगामी प्रयासमा सफलताको कामना गरे ।