एडिलेडमा तीज , कोमलदेखि प्रिती ,पशुपतिदेखि खुमनसम्मले स्टेज तताउने

तीज आधिकारिक रूपमा सेप्टेम्बरको पहिलो हप्तामा परे पनि अस्ट्रेलियामा अगस्टको पहिलो सातादेखि तीज मनाउन थालिएको छ। अष्ट्रेलियाका विभिन्न सहरहरूमा तीजका उल्लेखनीय कार्यक्रमहरू देखिएका छन्।

यो वर्ष तीज कार्यक्रमका लागि कलाकारहरु एक महिनाभन्दा बढी समय अष्ट्रेलियाको भ्रमणमा छन् । कोमल ओलीको टोली, पशुपति शर्माको कन्सर्ट, खुमान अधिकारी, प्रीति आले, देवी घर्ती, रुबिना आचार्यलगायतका कलाकारले विभिन्न सहरमा प्रस्तुति दिइरहेका छन् ।

एडिलेडमा भदौ २९ गते बिहीबार गिरीश इन्टरटेनमेन्टले आयोजना गरेको ‘तीज धमाका’ कार्यक्रममा यी सबै कलाकारले एकसाथ प्रस्तुति दिनेछन् । कार्यक्रम उपस्थित हुन नि: शुल्क छ।

गिरीश इभेन्ट्सका गगन गिरीले उद्देल्ला टाउन हलमा हुने कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा गरेका छन् । कालीकोट ज्वेलर्स र स्थानीय भ्वी: छेल्स प्रमुख प्रायोजकहरू हुन्। कार्यक्रममा सहभागीहरुले तीज गीत र परम्परागत नेपाली खानाको मजा लिन सक्नेछन् ।