सिड्नी । सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला एसियाली कपको आयोजना अस्ट्रेलियाले गर्ने भयेको छ । फुटबल अष्ट्रेलिया(एफए)लाई एएफसी कार्यकारी समितिले उक्त अधिकार प्रदान गरेको हो ।
प्रतियोगिता आयोजना गर्ने एएफसी महिला फुटबल समितिको सिफारिसलाई आधिकारिक रूपमा अनुमोदन गरेपछि अष्ट्रेलियामा अहिले खुशी छाएको हो । अष्ट्रेलियाले अन्तिम पटक सन् २००६ मा महिला एसियाली कपको आयोजना गरेको थियो ।
सन् २०२६ मा १२ टिमको महिला एसियाली कपका खेलहरू न्यु साउथ वेल्स (एनएसडब्लु) क्विन्सल्यान्ड र पश्चिमी अष्ट्रेलिया (डब्लुए) राज्यमा हुनेछन् भने सिड्नीको स्टेडियममा सेमिफाइनल र फाइनल खेल हुनेछन् ।
अष्ट्रेलिया र न्युजिल्यान्डमा भएको २०२३ फिफा महिला विश्वकपले प्रतियोगितामा दर्शकहरुको उपस्थितिले रेकर्ड बनाएर विश्वभर चर्चा बटुलेको थियो।