विभिन्न ब्रान्डका ट्याम्पोनमा हानिकारक Toxic metals हरु फेला परेको पत्ता लागेको छ

University of California Berkeley का अनुसन्धानकर्ताहरूले विभिन्न ब्रान्डका ट्याम्पोनमा toxic metals, जस्तै lead र arsenic पत्ता लगाएका छन्। यो चकित पार्ने खोजको नतिजा १४ वटा भिन्न ट्याम्पोन ब्रान्डहरूको विश्लेषणबाट आएको हो, जुन U.S, अस्ट्रेलिया , अन्य विदेशी अनलाइनबाट खरिद गरिएका थिए।

ट्याम्पोन एक व्यापक प्रयोग हुने menstrual product हो, जसलाई Australia,U.S लगाएत विश्वभरि आधा भन्दा बढी menstruating individuals ले प्रयोग गर्छन्। एक व्यक्तिले आफ्नो जीवनकालमा ७,४०० भन्दा बढी ट्याम्पोन प्रयोग गर्छ, जसले यी उत्पादनहरूको सुरक्षालाई एक महत्वपूर्ण विषय बनाउँछ।

अनुसन्धान टोलीले ट्याम्पोनहरूलाई १६ विभिन्न प्रकारका धातुहरूको परीक्षण गर्‍यो। सबै परीक्षण गरिएका ट्याम्पोनमा धातुहरू, जसमा toxic metals जस्तै arsenic र lead फेला परेका थिए । US मा गरिएको अध्ययनले non-organic ट्याम्पोनमा उच्च मात्रामा lead पत्ता लहएको थियो जसको कुनै no safe exposure level छैन, यता organic ट्याम्पोनमा arsenic को मात्रा बढी पाइएको थियो ।

विषाक्त धातुहरूको सम्पर्कले गम्भीर स्वास्थ्य जोखिमहरू जस्तै डिमेन्सिया, बाझोपन , मधुमेह र क्यान्सर जस्ता खतराहरु उत्पन्न हुन सक्छन यद्यपि, ट्याम्पोनमा फेला परेका धातुहरूले प्रत्यक्ष रूपमा नकारात्मक स्वास्थ्य प्रभाव उत्पन्न गर्छन् कि गर्दैनन् भन्ने स्पष्ट छैन। अध्ययनले यी धातुहरू शरीरमा प्रवेश गर्न सक्छन् कि सक्दैनन् र सम्भावित स्वास्थ्य प्रभावहरूको निर्धारण गर्न थप अनुसन्धानको आवश्यकता रहेको बताएको छ ।

अष्ट्रेलियामा, ट्याम्पोनहरू Therapeutic Goods Administration (TGA) द्वारा नियमन गरिन्छ, जसले बिक्री अघि तिनीहरूले सुरक्षा मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्छ। यो नियामक निरीक्षण उपभोक्ता स्वास्थ्यको सुरक्षाका लागि महत्वपूर्ण छ।