अस्ट्रेलियाका केही बैंकहरुले ग्राहकहरुलाई लाखौं डलर फिर्ता गर्ने अपेक्षा गरिएको छ।एक रिपोर्टका अनुसार ग्राहकहरूले नतिरे पनि हुने शुल्क र अनावश्यक बैंकिङ प्रक्रियाहरूका कारण आर्थिक नोक्सानी भोगेरहेको पत्ता लागेपछि उक्त निर्णय गरिएको हो।
Australian security and investment commission (ASIC) एसीक भनिने अस्ट्रेलियाको आर्थिक बजारको नियामक संस्थाका अनुसार २० लाख अस्ट्रेलियनहरूलाई कम आय भएको धेरै शुल्क तिर्नुपर्ने खातामा राखिएको फेला परेको थिए र चारवटा वित्तीय संस्थाहरुले सोही ओभर चार्ट भएको २ करोड ८० लाख डलरभन्दा बढी रकम फिर्ता गर्ने एसिकले बताएको छ।
जीवनयापनको लागि संघर्ष चलिरहेको बेला सीमित आम्दानी भएका मानिसहरू खर्चै गर्न नसक्ने भएका छन् अर्कोतिर बैंकले विभिन्न शीर्षकमा लिने शुल्क नबुझाउँदा पनि हुन्छ भनेर शुल्क नबुझाउने पाइएको नयाँ खोजहरुले बताएका छन
आदिवासी आर्थिक सल्लाहकार बेटिना कुपर बैंकहरूले कम आय भएका लाखौं ग्राहकहरुलाई भ्रममा राखेको बताइन्।
आगामी १२ देखि १८ महिनाभित्रमा बैंकहरुले ग्राहकलाई २ करोड ८० लाख डलर भन्दा बढी पैसा फिर्ता गर्ने अपेक्षा गरिएको छ ।
कर्कल्यान्ड ले भने कि यो मुद्दा फेरि नदोरियोस् भनेर सुनिश्चित गर्न थप आवश्यक रहेको बताए। उनले भने विगत दुई महिनामा ऐसिकबाट यो दोस्रो रिपोर्ट हो जसले बैंकहरुले ग्राहकहरूको आवश्यकतालाई आफ्नो सञ्चालनको मुख्य केन्द्रबिन्दुमा राख्न असफल भएको कुरालाई प्रकाश पार्छ।
त्यसैगरी कमिसनर कर्कल्यान्ड भन्छन् कि बैंकहरुलाइ आदिवासी अस्ट्रेलियन ग्राहकसँग व्यवहार गर्ने तरिकामा सुधार गर्न भनिएको छ र धेरैले परिवर्तनहरू लागू गरिसकेका छन्। २००० ग्राहकलाई कम शुल्क लाग्ने खातामा सारिसकेको छ। जसले वार्षिक शुल्कमा लगभग १ करोड १० लाख बचत गर्छ। बैंकहरुले यस रिपोर्टलाई धेरै गम्भीरताका साथ लिँदै आदिवासी र टोरेस्ट स्टुडेन्ट आइल्यान्ड र ग्राहकहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै सुधार गर्न सक्रिय कदमहरु अघि बढाइएको बताएका छन्।