अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

अमेरिकी रास्ट्रपति जो बाइडेन लाइ कोविड पुष्टि भएपछि बाइडेन अहिले आराम गरिरहेका छन् । राष्ट्रपति बाइडेनलाई उपचारपछि निजी निवासमा आइसोलेट गराइएको ह्वाइटहाउसले जनाएको छ ।नाकबाट पानी बग्ने र खोकी लाग्नेलगायत श्वासप्रश्वाससम्बन्धी लक्षण देखिएका छन् ।यसअघि पनि बाइडेन दुई पटक संक्रमित भइसकेका छन् ।बुधबार लास भेगासको चुनावी सभामा भाग लिएपछि बाइडेनमा कोभिडका लक्षणहरु देखिएका थिए ।८१ वर्षीय बाइडेनमाथि उमेद्वार नबन्न चर्को दबाब परिरहेका बेला उनी कोभिड संक्रमित भएका छन् ।