युरोकप : रोड्री प्लेयर अफ द टुर्नामेन्ट घोषित, १७ वर्षीय यामालले पाए युवा खेलाडीको अवार्ड

एजेन्सी । स्पेनका मिडफिल्डर रोड्री युरोकप-२०२४ को प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । उनी फाइनल खेलको मध्यान्तरमा चोटका कारण मैदानबाट बाहिरिएका थिए । इंग्ल्याण्डका कप्तान ह्यारी केन सहित तीन गोल गरेका पाँच खेलाडीले गोल्डेन बुट बाँडेका छन् ।

केनसहित स्पेनका ड्यानी ओल्मो, जर्जियाका जर्जस मिकाउटाजे, नेदरल्याण्डका कोडी गाक्पो, स्लोभाकियाका इभान श्रान्ज र जर्मनीका जमाल मुसियालाले पनि अवार्ड जितेका छन् ।

प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनका १७ वर्षीय विङ्गर लामिन यामालले पाए । उनले जर्मनीमा चार गोलको अवसर सिर्जना र एक गोल गरेका थिए ।