एमालेका अध्यक्ष ओलीसँग घरिघरि किन रिसाउँछन त बालेन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु र सुकुम्बासी बस्तीसँग जोडेर शनिबार एक स्टाटस लेखेका लेखेका थिए ।बागमती किनारका बस्ती हटाउन खोज्दा एमालेले राजनीति गरेर रोकेको गुनासो उनको रहेको छ । बालेनले पटक पटक ती बस्ती हटाउन प्रयास गरेका थिए । तर, आन्दोलन चर्किएपछि बस्ती हटाउन सकिएको थिएन ।एमालेले त्यसमा असहयोग गरेको गुनासो बालेनको छ । उनले यही बस्तीमा असहयोग गरेपछि झापाको गिरीबन्धु टि स्टेटको जग्गा बारे ओलीलाई जोडेर लेखेका आफ्नो स्टाटस लेखेका थिए ।

बालेनले आफ्नो स्टाटस मा ;

माननीय केपी ओलीज्यू,
आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ?

उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ ।

अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

बालेनले ओलीको राजनीतिक कार्यनीतिको आलोचना मात्र गरेनन्, पीडित समुदायको हितलाई व्यवस्थित गर्न सक्रिय दृष्टिकोणको वकालत पनि गरेका छन्।भर्खरको वर्षाले काठमाडौंमा मात्रै करिब २ हजार परिवार प्रभावित भएको बताए ।काठमाडौंका डुबानमा परेका क्षेत्रका तस्विर पोष्ट गर्दै उनले गिरिबन्धु चिया बगानमा करिब १५ हजार परिवारलाई बस्न सकिने कुरा पनि बताए ।