रहेनन् अवतार र टाइटेनिक जस्ता हलिउड फिल्मका दिग्गज निर्माता

साइन्स फिक्शन फिल्म ‘अवतार’ र ‘टाइटानिक’ जस्ता उत्कृष्ट हलिउड फिल्म निर्माण गरेका दिग्गज निर्माता जोन ल्यान्डोको निधन भएको छ । उनले ६३ वर्षको उमेरमा अन्तिम सास फेरे । ओस्कार विजेता फिल्म निर्माताको निधनको खबर आएसँगै सिंगो हलिउड उद्योगमा शोकको बादल छाएको छ । प्रसिद्ध निर्देशक जेम्स क्यामरुनले उनको निधनमा शोक व्यक्त गरेका छन् । त्यहाँको न्युज रिपोर्ट्स अनुसार जोन ल्यान्डोको मृत्यु शुक्रबार भएको जनाएको छ।जोन ल्यान्डोको मृत्यु कसरी भयो भन्ने बारे आधिकारिक जानकारी भने खुलेको छैन तर उनको मृत्युको कारण क्यान्सर भएको बताइएको छ । जोन एक दुर्दर्शी व्यक्ति थिए जसको असाधारण प्रतिभाले केही अवस्मरणीय कथाहरूलाई ठूलो पर्दामा ल्याउन सफल रह्यो। फिल्म उद्योगमा उनले उल्लेखनीय योगदान र गहिरो छाप छोडेर गएका छन्।

मिडिया रिपोर्ट्सको अनुसार ओस्कर विनरबाट सम्मानित प्रोड्युसर जोन ल्यान्डो ले जेम्स क्यामरोनको फिल्म अवतार २ मा आफ्नो महत्त्वपूर्ण योगदान दिएका थिए। यसका साथै १९९७ मा रिलिज भएको फिल्म टाइटेनिकमा उनको योगदान निकै सराहनीय थियो।

जोनको यो फिल्ममा रहेको योगदान बाट यस्तो समय आयो जब यो फिल्मले तीनचोटि ओस्कर अवार्ड जितेर सर्वश्रेष्ठ फिल्मको पुरस्कार पनि प्राप्त गरेको थियो। यस फिल्ममा जोन ल्यान्डो मात्र नभएर जेम्स क्यामरुनको पनि महत्त्वपूर्ण योगदान रहेको थियो

उनले (Jon Landau) करियरको सुरुवात १९८० को दशकमा सुरु गरेका थिए। त्यो समयमा उनले प्रोडक्सन म्यानेजरको रूपमा काम गरेका थिए। आफ्नो कडा मेहनत र लगनबाट जोनले फिल्म निर्माता जर्नी सुरु गरे उनले चर्चित डाइरेक्टर जेम्स क्यामरुनसँग हाई बजेट फिल्मको निर्माण गरे। दुवैजना मिलेर नोमिनेसन अवार्ड पनि जितिसकेका छन्। हाल जोन लेन्डोले आफ्नो पछाडि आफ्नो छोरा जेमी ल्यान्डो र आफ्नो श्रीमती जुलीलाई पछाडि छोडेर गए।