अस्ट्रेलियामा ७ लाख ५० हजार आप्रवासी घटाउने One Nation को प्रस्ताव, विद्यार्थी र Graduate Visa मुख्य निशानामा

Pauline Hanson नेतृत्वको One Nation ले सत्तामा पुगे अस्ट्रेलियामा तीन वर्षभित्र अस्थायी आप्रवासीको संख्या ७ लाख ५० हजारले घटाउने ठूलो योजना अघि सारेको छ। पार्टीको निशानामा मुख्य रूपमा अन्तर्राष्ट्रिय विद्यार्थी, Graduate Visa holder र skilled migrants का परिवार पर्नेछन्।

One Nation ले अस्ट्रेलियामा बढ्दो आवास संकट, महँगो घरभाडा तथा अस्पताल, विद्यालय र अन्य सार्वजनिक सेवामाथिको दबाब कम गर्न migration घटाउन आवश्यक रहेको तर्क गरेको छ। पार्टीले अहिले करिब ३ लाख रहेको वार्षिक Net Overseas Migration लाई भविष्यमा १ लाख ३० हजारमा झार्ने लक्ष्य राखेको छ।

किन घटाउन चाहन्छ One Nation?

पार्टीका अनुसार तीव्र जनसंख्या वृद्धि हुँदा उपलब्ध घरको तुलनामा माग बढेको छ, जसले housing र rental market मा थप दबाब सिर्जना गरेको छ। त्यस्तै hospital, school, transport र अन्य infrastructure ले पनि बढ्दो जनसंख्याको दबाब सामना गरिरहेको One Nation को दाबी छ।

योजनाअन्तर्गत international students र Temporary Graduate Visa को संख्या उल्लेख्य रूपमा घटाउने तथा skilled migration लाई आवश्यक जनशक्ति भएका क्षेत्रमा बढी केन्द्रित गर्ने प्रस्ताव गरिएको छ।

नेपालीलाई के असर पर्न सक्छ?

यो योजना नेपाललाई छुट्टै लक्षित गरेर ल्याइएको होइन। तर नेपालबाट ठूलो संख्यामा विद्यार्थी अस्ट्रेलिया जाने र पढाइपछि Graduate Visa मार्फत बस्ने भएकाले नीति लागू भए नयाँ नेपाली विद्यार्थीका लागि अवसर कम हुन सक्ने, visa competition बढ्न सक्ने र पढाइपछि अस्ट्रेलियामा बस्ने बाटो थप साँघुरिन सक्ने देखिन्छ।

Dependent तथा family migration मा समेत कटौती भए परिवारसहित अस्ट्रेलिया जाने योजना बनाइरहेका नेपालीहरू पनि प्रभावित हुन सक्छन्।

तर प्रस्तावको चर्को विरोध पनि भइरहेको छ। सरकार, business र विभिन्न industry समूहले यति ठूलो migration कटौती हुँदा hospital, aged care, construction, agriculture, tourism र education क्षेत्रमा कामदार अभाव बढ्न सक्ने चेतावनी दिएका छन्।

Advertisement