अस्ट्रेलियाका १५ वर्षीय विद्यार्थीको गणित र पढाइको नतिजा हालसम्मकै कमजोर स्तरमा पुगेको नयाँ अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।
Organisation for Economic Co-operation and Development (OECD) ले सार्वजनिक गरेको PISA 2025 नतिजाअनुसार अस्ट्रेलियाली विद्यार्थीको गणित र पढाइ दुवै विषयको औसत अंक सन् 2022 को तुलनामा घटेको छ। गणित र पढाइमा आएको पछिल्लो गिरावट अस्ट्रेलियामा लामो समयदेखि देखिँदै आएको कमजोर नतिजाको निरन्तरता भएको OECD ले जनाएको छ।
विश्वका 91 देश तथा अर्थतन्त्र सहभागी परीक्षणमा अस्ट्रेलिया पढाइमा १०औँ र गणितमा १६औँ स्थानमा रहेको छ। विज्ञानमा भने अस्ट्रेलियाको नतिजा तुलनात्मक रूपमा स्थिर रहँदै १०औँ स्थानमा परेको छ। अस्ट्रेलियाको समग्र नतिजा अझै OECD को औसतभन्दा माथि भए पनि गणित र पढाइको अंक देशका लागि अहिलेसम्मकै न्यून हो।

किन कमजोर हुँदैछ नतिजा?
PISA ले नतिजा घट्नुको एउटै कारण तोकेको छैन। तर विद्यार्थीको पढाइसँग जोडिएका केही महत्वपूर्ण समस्या देखाएको छ।
अस्ट्रेलियाका विद्यार्थीले विद्यालयमा अध्ययनका लागि दैनिक औसत 2.6 घण्टा digital device प्रयोग गर्ने गरेका छन्। साथै 39 प्रतिशत विद्यार्थीले आफ्ना सहपाठी digital device का कारण कक्षामा बारम्बार distracted हुने बताएका छन्।
कक्षाकोठाको वातावरण पनि चिन्ताको विषय देखिएको छ। 41 प्रतिशत विद्यार्थीले अधिकांश वा हरेक science class मा हल्ला र अव्यवस्थाका कारण पढाइ प्रभावित हुने बताएका छन्। OECD औसतमा यो संख्या 31 प्रतिशत छ।
विद्यालय अनुपस्थित हुने दरसमेत उच्च देखिएको छ। PISA परीक्षणअघि दुई हप्ताको अवधिमा 44 प्रतिशत अस्ट्रेलियाली विद्यार्थीले कम्तीमा एक दिन विद्यालय नगएको बताएका छन्, जबकि OECD को औसत 22 प्रतिशत रहेको छ।
विद्यार्थीलाई परिवारबाट प्राप्त हुने नियमित सहयोगमा पनि कमी आएको देखिएको छ। सन् 2022 मा 81 प्रतिशत विद्यार्थीका अभिभावकले कम्तीमा हप्तामा एकपटक विद्यालयमा के गरे भनेर सोध्ने गरेकोमा 2025 मा यो संख्या 75 प्रतिशतमा झरेको छ।
OECD ले digital technology आफैं समस्या नभएको तर अत्यधिक प्रयोग, मनोरञ्जनका लागि device प्रयोग र कक्षामा हुने digital distraction कमजोर academic performance सँग जोडिएको बताएको छ।
अस्ट्रेलियाका Education Minister Jason Clare ले पनि विद्यालयमा अत्यधिक screen time चिन्ताको विषय हुन सक्ने बताएका छन्। प्रविधि र AI प्रयोग गर्न सिकाउनु आवश्यक भए पनि विद्यालयमा screen time घटाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।
PISA परीक्षण हरेक तीन वर्षमा १५ वर्षीय विद्यार्थीको गणित, पढाइ र विज्ञानसम्बन्धी ज्ञान तथा त्यसलाई व्यवहारिक अवस्थामा प्रयोग गर्ने क्षमता मापन गर्न सञ्चालन गरिन्छ। PISA 2025 मा विश्वभरका करिब 760,000 विद्यार्थी सहभागी भएका थिए।




