अष्ट्रेलियाको Minimum wages जुलाई १ देखि ३.७५ प्रतिशतले वृद्धि हुने फेयर वर्क commission ले घोषणा गरेको छ ।
यो निर्णयअनुसार National Minimum wages लाइ पूर्ण समय, 38-घण्टा काम गर्ने हप्ताको आधारमा प्रति घण्टा $२४.१० र प्रति हप्ता $९१५.९१ मा बढ्नेछ।
यो हालको Minimum wages मा प्रति हप्ता लगभग $33 ले वृद्धि भएको हो ।समग्रमा, फेयर वर्क कमिसन (FWC) ले Minimum wages वृद्धिले “सबै अष्ट्रेलियाका कर्मचारीहरूको एक चौथाई” लाई असर गर्ने अनुमान गरेको छ।
“हामीले निर्धारण गरेका ३.७५ प्रतिशतको बृद्धि सन् २०२४ मा अर्थतन्त्रमा हुने ज्याला वृद्धिको प्रक्षेपणसँग मिल्दोजुल्दो छ र यसले २०२४ मा wages increase को कुल रकममा थोरै मात्र योगदान दिनेछ,” आयोगले जनाएको छ।
यसअघि अष्ट्रेलियाका कामदारहरुले न्युनतम प्रतिघण्टा प्रतिव्यक्ति ज्याला २३ डलर २३ सेन्ट पाउँदै आएका थिए ।
अहिले पनि कतिपय अधिकतम काम गर्ने घण्टाको सुविधा छल्दै नगदमा काम गर्दा ठगिने गरेका छन् ।
विशेषगरि विद्यार्थी भिसामा रहेकाहरुलाई ४८ घण्टाभन्दा बढी काम गर्ने सुविधा नदिइदा नगदमै काम गर्ने र काम उपलब्ध गराउने कम्पनी, व्यवसायबाट ठगी हुने गरेको गुनासो बारम्बार फेयरवर्कसम्म पुग्ने गरेको छ ।
श्रम ऐन र कानुनी रुपमा निर्धारण गरिएको न्युनतम पारिश्रमिक बारे आफू सचेत रहन सबैमाझ FWC ले सचेत गराउँदैआएको छ । त्यसैगरी यदि आफू कानुनी रुपमा ठगिएको महशुस भएमा सधै फेयरवर्कमा उजुरी गरेर निशुल्क कानुनी सहायता लिन सकिनेछ ।