Sydney Airport मा Staff Shortage समाधान, ठूलो अवरोध टर्यो

Advertisement

Sydney । आज दिउँसो Sydney Airport मा Air Traffic Controller staff shortage का कारण सबै flights cancel हुन सक्ने स्थिति सिर्जना भएपनि अन्ततः समस्या समाधान भएपछि major delays टरेका छन्।

Airservices Australia का अनुसार, दिउँसो ३:३० देखि ४:०० बजेसम्म flights बन्द गर्नुपर्ने अवस्था आएको थियो। तर आवश्यक व्यवस्थापन भएपछि service सामान्य अवस्थामा फर्काइएको छ। यसअघि भने staff shortage का कारण flights बीच चार-चार minute को अन्तराल राखेर मात्र सञ्चालन गर्न सकिन्थ्यो।

Airservices ले यस अवरोधको कारण “Sydney Tower मा रहेका केही air traffic controllers अस्वस्थ हुनु” भएको स्पष्ट पारेको छ।

Airservices Australia का spokesperson ले भने, “Staffing issue अहिले समाधान भइसकेको छ र यस दिउँसो uninterrupted departure service उपलब्ध हुनेछ।” उनले थपे, “पछिल्ला १२ महिनामा हामीले major airports मा यात्रुहरूको लागि हुने delay न्यून गर्न निरन्तर काम गर्दै आएका छौँ। जुलाई महिनामा त Airservices कारण ground delay एकपटक पनि भएको थिएन।”

विज्ञप्तिमा २०२५ सम्म थप ८५ air traffic controllers नियुक्त गर्ने तयारी भइरहेको उल्लेख गरिएको छ, जसले भविष्यमा यस्तो समस्या न्यून पार्ने विश्वास गरिएको छ।

यता, Civil Air Secretary Peter McGuane ले पनि staff shortage विश्वव्यापी समस्या भएको बताए। उनका अनुसार, air traffic controllers लाई विशेष कामका लागि मात्र प्रशिक्षित गरिने भएकाले एउटै controller लाई अन्य स्थानमा सहजै प्रयोग गर्न सकिँदैन। “Controllers लाई specific functions का लागि rating दिइन्छ, त्यसैले उनीहरूलाई सजिलै interchange गर्न सकिँदैन,” उनले भने।

Airservices Australia ले यात्रुहरूलाई आफ्नो airline carrier सँग flight status confirm गर्न आग्रह गरेको छ। किनकि flight cancel गर्ने वा नगर्ने निर्णय airlines को अधिकारमै रहनेछ।

आज बिहानै उत्पन्न भएको यस समस्याले AFL र NRL finals हेर्न Sydney बाट यात्रा गर्ने हजारौं fan हरू प्रभावित हुने आशंका गरिएको थियो। तर अन्ततः समस्या छोटो समयमै समाधान भएपछि यात्रुहरूले ठूलो अवरोध व्यहोर्नु परेन।

यस घटनाले Australia मा हवाई यातायात व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन दीर्घकालीन रणनीतिक आवश्यकता रहेको पनि देखाएको छ।

spot_img