नयाँ वर्षको अवसरमा सिड्नीले हजारौं निशुल्क टिकट , ballot खुला

Advertisement

सिड्नी — सिड्नीले आफ्नो New Year’s Eve (NYE) वेबसाइट सार्वजनिक गर्दै यस वर्षको Harbour Fireworks हेर्नका लागि हजारौं निशुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको छ।

नयाँ वेबसाइटमा Interactive Map राखिएको छ जसले निशुल्क र टिकट किन्नुपर्ने दुबै स्थानहरू देखाउँछ। बैलट (ballot) आज बिहान ९ बजेदेखि खुला भइसकेको छ र इच्छुकहरूले अझै पनि प्रवेश गरी निशुल्क टिकट जित्ने मौका पाउन सक्छन्।

ओपेरा हाउसमा ६,००० निशुल्क टिकट

Opera House ले आफ्नो वार्षिक NYE forecourt event का लागि ६,००० निशुल्क टिकट वितरण गर्ने भएको छ।

त्यसैगरी, Cahill Expressway बाट आतसबाजी हेर्नका लागि झण्डै ८,००० टिकट उपलब्ध हुनेछन्। यो स्थान वर्ष २००० देखि सिड्नीको नयाँ वर्षको उत्सवमा महत्वपूर्ण अंश बनेको छ।

नयाँ दक्षिण वेल्स (NSW) का यातायात मन्त्री जोशले भन्नुभयो , “Cahill Expressway सिड्नीको नयाँ वर्षको उत्सवको हिस्सा बनेको धेरै वर्ष भइसकेको छ। यो साँच्चिकै शानदार रात हुन्छ — र सबैभन्दा रमाइलो कुरा के भने यो पूर्ण रूपमा निशुल्क हो।”

गत वर्ष ६०,००० भन्दा बढीले बैलटमा भाग लिएका थिए

मन्त्रीका अनुसार, सिड्नी हार्बर ब्रिज, सहरको skyline र आतसबाजीको अद्भुत दृश्य पाउन यी स्थानहरू सबैभन्दा आकर्षक ठहरिन्छन्। “गत वर्ष मात्र ६०,००० भन्दा बढीले बैलटमा भाग लिएका थिए,” उनले स्मरण गरे।

परिषद्को आग्रह

यस वर्ष अधिकांश स्थानहरू निशुल्क भएकाले सिड्नी सिटी काउन्सिलले स्थानीयलाई चाँडै नजिकका स्थान सुरक्षित गर्न आग्रह गरेको छ। यसरी, आतसबाजी हेर्न आउने हजारौं मानिसलाई सहज सुविधा उपलब्ध गराउन प्रयास भइरहेको छ।

सुरक्षा र व्यवस्थापन तयारी

NSW Transport Minister Murray ले भन्नुभयो , “पर्दा पछाडिबाट हाम्रो यातायात टोलीले सार्वजनिक यातायात, सडक बन्द (road closures) देखि लिएर पानीमा सुरक्षा (on-water safety) सम्म सबै व्यवस्था सुरक्षित र सहज बनाउन अहिलेदेखि नै तयारी गरिरहेका छन्।”

उहाले थप्नुभायो , “यो ठूलो प्रयास हो, र सिड्नीले २०२५ लाई भव्य तरिकाले विदा गर्न सहयोग गर्न पाउँदा हामी गर्व गर्छौं।”

यसरी, सिड्नीको हार्बरमा हुने आतसबाजीलाई हेर्न यस वर्ष पनि हजारौं मानिसहरूको भीड उम्लिने अनुमान गरिएको छ। स्थानीय सरकार र आयोजकहरूले यसलाई अझ सुरक्षित, व्यवस्थित र सर्वसुलभ बनाउन विशेष ध्यान दिइरहेका छन्।

spot_img