अष्ट्रेलियन बजारमा विक्री भएका Baby Cots असुरक्षित

spot_img

सिड्नी । अष्ट्रेलियामा अनलाइन र खुद्रा बिक्री हुँदै आएका Baby Cotsमध्ये धेरैले आधारभूत सुरक्षा मापदण्ड नै पूरा नगरेको उपभोक्ता निगरानी संस्था Choice को नयाँ प्रतिवेदनले देखाएको छ।

Choice ले १४ वटा बेबी कट्स परीक्षण गर्दा ५ वटा Cotsले Basic Safety Requirements पूरा गर्न असफल भएका हुन्। ती Cotsमा आवश्यक Safety Warning नभएको, Strangulation Hazards (घाँटी अड्किने खतरा) रहेको र Mattress Size सम्बन्धी स्पष्ट जानकारी समावेश नगरिएको पाइएको छ।

असुरक्षित कट्स अनलाइन बजारमार्फत

प्रतिवेदनअनुसार अधिकांश असुरक्षित Baby Cots Online Marketplace Platforms (जस्तै eBay र Baby Bunting Marketplace) मार्फत खरिद गरिएका थिए।
Choice का Household Expert Chris Barnes का अनुसार, “हामीले अनलाइन खुद्रा विक्रेताबाट पाइने धेरै कट्समा आधारभूत सुरक्षा मापदण्ड पालना नभएको पायौं। केही कट्समा बच्चा अड्किने वा घाँटी अड्किने खतरा थियो भने केहीमा अनिवार्य चेतावनी वा म्याट्रेसको आकारबारे जानकारी थिएन।”

परीक्षणमा असफल कट्स

Choiceले असुरक्षित ठहर गरेका पाँच Cots यसप्रकार छन् :

  • Consol Roma cot ($229)
  • Grotime Haven cot ($139)
  • Koko and Scar cot ($279)
  • Luxo Baby Eudora cot ($249)
  • Sweet Pea Anita cot ($370)

यी Cots विभिन्न मूल्यमा बजारमा उपलब्ध भए पनि सबैमा समान प्रकारका सुरक्षा कमजोरी भेटिएको प्रतिवेदनमा उल्लेख छ।

कानूनी कमजोरी र उपभोक्ता जोखिम

Barnes का अनुसार, हाल अष्ट्रेलियाको कानूनी व्यवस्थाले अनलाइन मार्केटप्लेसमार्फत तेस्रो पक्षले बेच्ने सामान सुरक्षित छन् कि छैनन् भन्ने सुनिश्चित गर्न बाध्य बनाएको छैन।
“यही कारण हामीलाई कडा Product Safety Laws आवश्यक छ, जसले असुरक्षित वस्तु बेच्नेलाई कानूनी रूपमा रोक्छ — चाहे जसले बेचेको होस् वा जुनसुकै उत्पादन किन नहोस्,” उहाँले भन्नुभयो।

नयाँ नियम आउँदै

अष्ट्रेलियाले Cot Safety सम्बन्धी नयाँ नियम र विनियम आगामी वर्षदेखि लागू गर्ने तयारी गरेको छ। यसपछि अनलाइन तथा खुद्रा बजारमा विक्री हुने बेबी कट्सलाई अनिवार्य रूपमा कडा सुरक्षा परीक्षण पास गर्नुपर्नेछ।

कम्पनीहरूको प्रतिक्रिया

Baby Bunting ले आफ्नो सप्लायर्सले अनिवार्य रूपमा सुरक्षा मापदण्ड पूरा गरेको प्रमाण पेश गर्नुपर्ने बताउँदै, Sweet Pea Cot ले सबै परीक्षण पास गरेको दाबी गरेको छ।
त्यस्तै, eBay Australia ले भने choiceको प्रतिवेदन समीक्षा भइरहेको र सुरक्षा मापदण्ड पूरा नगर्ने कट्समा तत्काल कारबाही गर्ने जनाएको छ।

अभिभावकमा सतर्कताको आग्रह

Choiceको यो प्रतिवेदनले अष्ट्रेलियन अभिभावकहरूलाई आफ्ना बालबालिकाको सुरक्षाप्रति अझै बढी सतर्क रहनुपर्ने स्पष्ट सन्देश दिएको छ। परीक्षणमा असफल भएका कट्समा देखिएका कमजोरीले सुतिरहेका शिशु र बालबालिकालाई घाँटी अड्किने, हातखुट्टा फस्ने, वा अनुकूल म्याट्रेस नहुँदा श्वासप्रश्वासमै समस्या हुने जस्ता गम्भीर खतरा पुर्‍याउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

spot_img