सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्ति पक्राउ

spot_img

    सामाजिक सञ्जालको दुरूपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मकवानपुर मनहरी गाउँपालिका–३ घर भएका ३९ वर्षीय मंगल सिंह प्रजालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

    सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाई चरित्र हत्या गरेको उनी माथी आरोप थियो ।

    सो घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यामा संलग्न उनलाई काठमाडौं महानगरपालिका–१० शंखमुलबाट पक्राउ गरेको हो ।

    उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    spot_img