Sydney Harbour Bridge मा एक लाखभन्दा बढी Pro-Palestinian protesters, अष्ट्रेलियन राजनीतिमा बहस

spot_img

सिड्नी । गाजामा जारी युद्धविरुद्ध अष्ट्रेलियाको सिड्नी हार्बर ब्रिजमा आइतबार आयोजित विशाल प्र०–प्यालेस्टाइन प्रदर्शनमा एक लाखभन्दा बढी Pro-Palestinian protesters सहभागी भएको अधिकारीहरूले बताएका छन्। प्रतिकूल वर्षा र मौसम हुँदाहुँदै पनि यति ठूलो भीड देखिएको हो।

गाजाबाट अष्ट्रेलिया आएका Shamikh Badra ले यो प्रदर्शन “एकता र ऐक्यबद्धताको सन्देश” भएको बताए। उनले आफ्ना बाबु औषधि र खानाको अभावका कारण निधन भएको, आमा अझै गाजामा फसेको र दाजुभाउजू परिवारसहित भग्नावशेषमुनि हराएको बताउँदै अष्ट्रेलियाली सरकारलाई “starvation and genocide रोक्न हस्तक्षेप गर्न” आग्रह गरे।

यस प्रदर्शनले अष्ट्रेलियाली राजनीतिमा व्यापक बहस सिर्जना गरेको छ। Israel का विदेशमन्त्री Gideon Sa’ar ले सामाजिक सञ्जालमार्फत प्रदर्शनलाई “कट्टरपन्थी गठबन्धन” भन्दै आलोचना गर्दै “Australians, wake up!” को अपील गरे।

उता, अष्ट्रेलियाका Assistant Minister for Foreign Affairs Matt Thistlethwaite ले प्रदर्शनलाई शान्तिपूर्ण भनेका छन्। उनले भने, “अष्ट्रेलियालीहरूलाई प्रदर्शन गर्ने अधिकार छ, तर त्यो शान्तिपूर्ण र कानुनसम्मत हुनुपर्छ।”

Prime Minister Anthony Albanese ले प्रदर्शनलाई लोकतान्त्रिक अधिकारको अभ्यास भन्दै दुई–राष्ट्र समाधानको पक्षमा आफ्नो अडान दोहोर्याए। उनले भने, अष्ट्रेलिया स्वतन्त्र राष्ट्र भएकाले नीतिगत निर्णय आफैं गर्ने अधिकार राख्छ।

Labor MP Ed Husic पनि प्रदर्शनमा सहभागी भए र यसलाई अष्ट्रेलियन राजनीतिका लागि “wake-up call” भएको बताए। उनका अनुसार, “यो केवल परम्परागत प्रदर्शनकारीहरूको जमघट थिएन, यसमा ‘middle Australia’ को समेत ठूलो उपस्थिति देखियो।”

Social Services Minister Tanya Plibersek ले पनि शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई समर्थन गर्दै भनिन्, “अब धेरै ज्यान गुमिसकेको छ, बालबालिकाले भोकै मर्न नपरोस्, बन्धकहरू मुक्त होउन् र गाजामा मानवीय सहयोग पुग्नुपर्छ।”

तर NSW Premier Chris Minns भने सुरुदेखि नै पुलमार्गमा प्रदर्शनको विपक्षमा थिए। उनले करिब एक लाखभन्दा बढीको उपस्थिति स्वीकार गर्दै भने, “यो विशाल समुदायिक प्रदर्शन थियो, मौसम खराब नभएको भए अझै ठूलो हुन सक्थ्यो।”

Advertisement