काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शनिबार स्वदेश फर्किएका छन् । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए । स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भविष्यमा बढ्ने चालक व्यवस्थापन गर्नका लागि ठुला सहरहरूको केन्द्रित बसाइ सराइको क्रमले नीति र संयन्त्र पर्ने बताए उनले भनेका छन्,। “भौगोलिक, सामाजिक, आर्थिक कारणले विभिन्न सहरहरूको समस्या फरक फरक हुन सक्छ । त्यसैले केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन्।” बैठकमा यसका नीतिगत पक्षमा छलफल गरिएको थियो।
निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो। बैठकसँगै प्रमुख बालेन्द्र शाहले मेयर राउन्ड टेबल कार्यक्रम अन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित मेट्रोपोलिस नीति बहसमा बोल्दै उनले घरबारविहीन सुकुम्बासीहरूको समस्या दक्षिण एसियामा विश्वको अन्यन्त्र भन्दा फरक रहेको धारणा राखेका थिए।उनले हामीले देखेका भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन् भन्दै नेपालमा ठूला सहर केन्द्रित बसाई सराईलाई निरुत्साहित गर्नुपर्ने बताएका थिए। उनले एक ठाउँमा मात्रै अत्यधिक विकास गर्नुको सट्टा देशभर एउटै खालको सुविधा र अवसरहरु प्रदान गर्नु नै सुकुम्बासी समस्याको एउटा महत्वपूर्ण समाधानको बाटो भएको पनि बताएका थिए।
मेयर बालेन जस्तै ठूला महानगरपालिका मेयरहरू सहभागी भएको सो नीति बहस कार्यक्रममा सहरी आवासका आयाम अभाव प्रभाव र तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम पर्याप्त पूर्वाधार कम कार्बन फुट प्रिन्ट र सामुदायिक प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणको विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो।





