एलएस अटोको नयाँ शोरुम तीनकुनेमा, दुई नयाँ ईभी नाइमा अटो शो मा सार्वजनिक हुने

spot_img

    काठमाडौं । एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौंको तीनकुनेमा नयाँ शोरुम खोलेको हो । कम्पनीले नयाँ शोरुममा एलएस अटोको इलेक्ट्रिक एसयूभी एलईभी ०१ बिक्रीका लागि उपलब्ध गराएको बताएको छ ।

    कम्पनीका अनुसार एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल डेडलाइट सेटअप र पछाडि सस्पेन्डेड टेललाइट डिजाइनजस्ता आकर्षक एलिमेन्ट रहनुका साथै गाडीको भित्री संरचना पनि उच्चस्तरीय छ । लेदरेट स्टेरिङ व्हील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टिकलर एम्बियन्ट लाइट, प्यानोरामिक सनरूफ र इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट जस्ता सुविधा यसमा उपलब्ध रहेको जनाइएको छ।

    यसमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायत उच्च सुरक्षा प्रविधिहरू समावेश गरिएको छ । युरो एनक्यापको क्र्यास टेस्टमा फाईभ स्टार सुरक्षा रेटिङ प्राप्त यो गाडीले उपभोक्तालाई भरपर्दो सुरक्षा सुनिश्चित गर्ने बताइएको छ ।

    कम्पनीले एलईभी ०१ को स्ट्यान्डर्ड भेरिएन्टको मूल्य ५९ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट भेरिएन्टको ६४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेको छ । गाडीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर र ब्याट्री वारेन्टी दिइएको छ ।

    कम्पनीका अनुसार, हाल काठमाडौंको तीनकुनेस्थित एयरपोर्ट कार्गो टर्मिनल अगाडि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ भने कालोपुलमा सर्भिस सेन्टर स्थापना भइसकेको छ ।

    नयाँ शोरुम उद्घाटनको अवसरमा कम्पनीले दुई नयाँ ईभी मोडल एलभी ५ र एलभी एक्स आगामी नाइमा अटो शोमा सार्वजनिक गर्न घोषणा गरेको जनाइएको छ ।